
काठमाडौ । स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले उर्जा उत्पादकहरु सरकारी निकाय धाउदै हैरान हुने गरेको बताए ।
उनले एउटा आयोजनाको अनुमति लिन १६ ओटा मन्त्रालय धाउनु पर्ने बताए ।१६ ओटा मन्त्रालय धाउदा ५ बर्ष बित्ने बताए । २६ औं इप्पान डे को अवसरमा उनले समयमा आयोजना बन्न नसक्नुमा सरकारी निकायले समयमा अनुमति नदिनु रहेको बताए । ” २०७७ सालमा इआइए भएको आयोजनाको अझै पनि रुख काट्ने अनुमती आएको छैन कसरी काम गर्ने ?” उनले प्रश्न गरे ।
उनले सेबोनले १ बर्षमा ६ वटा मात्रै आयोजनाको आइपिओ निष्कासनको अनुमती दिएको बताए । ३७ ओटा आयोजना पाइपलाइनमा छन् । आइपिओको अनुमति नपाउदा आयोजनाहरु प्रभावित हुन थालेको उनको भनाई छ ।
