Nepal Purbadhar

उपत्यकामा बढ्यो जाडो तस्बिरहरु


काठमाडौ । पुस महिना लागेसँगै काठमाडौं उपत्यका लगायत देशभरको तापक्रम घट्दो क्रममा छ । जसका कारण बिहान र बेलुकाको समयमा काठमाडौं उपत्यकामा चिसो बढदै गएको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ ।आज बिहान गरिएको मापन अनुसार न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उपत्यकामा बिहानको समयमा विभिन्न काममा निस्कने मानिसहरूले बाक्लो कपडा लगाउन थाली सकेको अवस्था छ, भने कतिपय मानिसहरू आगो ताप्न सुरु गरिसकेको अवस्था छ ।

विशेष गरी बिहानको समयका विद्यालय, कलेज र विभिन्न काममा संलग्न मानिसहरु जाडोयाम सुरु भएसँगै बढी प्रभावित भएका देखिन्छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

१४ अर्ब २३ करोडका सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar