Nepal Purbadhar

सवारी लाइसेन्स छपाई र वितरण अनिश्चितकालका लागि बन्द


काठमाडौं। सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेको छ ।

यातायात व्यवस्था विभागको सूचना अनुसार भदौ २३ र २४ गते भएको विरोध प्रदर्शनका क्रममा विभागको भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । तोडफोड, आगजनी र चोरी/लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाई मेसिन र सर्भरमा क्षति पुगेको उल्लेख छ ।

सोही कारण विद्युतीय सवारीसाधन दर्ता प्रणालीसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध भएको विभागले जनाएको छ ।

विभागले अर्को सूचना जारी नभएसम्म लाइसेन्स छपाई र वितरण लगायतका सबै सूचना प्रविधि आधारित सेवा बन्द रहनेछ ।


Read Previous

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहिद घोषणा, प्रत्येक परिवारलाई १० लाख राहत

Read Next

सुमनाले छाडिन रास्वपा- ‘अब खुल्ला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएकी छु’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar