
काठमाडौं । सरकारले जेनजी युवाले गरेको आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गरि प्रत्येक परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने घोषणा गरेको छ ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले आइतबार पदभार ग्रहरण गर्दै यो निर्णय गरेकी हुन् ।

हालसम्म आन्दोलनमा परि ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरि हालसम्म ७२ जनाको मृत्यु भएको बताइएको छ । त्यस्तै, आन्दोलनमा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएको बताइएको छ ।










